images

रविबारे भएको भनिएको अमानवीय व्यवहारप्रति आयोग गम्भिर छ : प्रवक्ता पोखरेल

रास्वपाका सभापति रवि लामिछानेमाथि गएको बुधबार मध्यराति चितवन हिरासतमा भएको भनिएको अमानवीय व्यावहारप्रति राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ । स्पेस फोर टेलिभिजनको कार्यक्रम स्पेस सम्वादमा पत्रकार खेम बमसँग कुरा गर्दै राष्ट्रिय मानव आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले लामिछानेमाथि भएको भनिएको अमानवीय व्यवहारप्रति आयोग गम्भिर रहेको बताएका छन् । सोमबार मात्रै नेपाल प्रहरीका अधिकृतहरु पुगेको आयोग समक्ष बयान दिएका छन् । आयोगले भने आईजीपी बसन्तबहादुर कुँवरलाई नै उपस्थित गराउने तयारी गरेको छ ।

गएको बुधबार राति करिब १२ बजेर ५ मिनेटमा चितवनको हिरासतबाट हिडाइ बिहान ३ बजे कास्की पु¥याइएका रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी दुव्र्यवहार भएको विषय बाहिरिएपछि राष्ट्रिय मानवअधिकार आयोगले चासो लिएको छ । सोमबार नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङलगायत प्रहरी अधिकृतहरुको टोलीले आयोगमा पुगेर आफ्नो बयान दिएको थियो । यद्यपि, लामिछानेले प्रहरी प्रमुख आइजीपी बसन्तबहादुर कुँवरको ठाडो निर्देशनमा आफूमाथि अभद्र व्यवहार भएको दाबी गरेका छन् । कास्की अदातलका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा लामिछानेले आफ्नो याचनालाई प्रहरीले नसुनेको बताएका थिए । राष्ट्रिय मानवअधिकार आयोगले पनि आइजीपी कुँवरसँगै बयान लिने बताएको छ । सामान्यतया हिरासतमा रहेको व्यक्तिलाई मध्यराति एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दा परिवारका सदस्य, वकिललगायतलाई जानकारी दिएको हुनुपर्ने आयोगको ठहर रहेको छ ।

सोमबार आयोगमा पुगेका प्रहरी अधिकृतहरुले शान्ती सुरक्षाको कारण देखाउँदै लामिछानेलाई रातारात लैजानुपरेको बताएको छ । यद्यपि लैजादा परिवारका सदस्य, उनका वकिल वा पार्टीको कुनै व्यक्तिलाई जानकारी गरायो की गराएन भन्ने विषय पेचिलो रुपमा उठेको छ । मध्यराति हिरासतमा बसेको व्यक्तिले कहाँ लगिँदै छ, कम्तिमा आफन्तलाई खबर गर्नका लागि आग्रह गर्ने स्वभाविक रहेको मानवअधिकारवादीहरु बताउँछन् । तर, त्यो प्राटोकल प्रहरीले पालना गर्यो की गरेन त्यससम्बन्धि आयोग अनुसन्धान गरिरहेको छ । यदि प्रहरी प्रमुखको ठाडो निर्देशनमा अमानवीय व्यवहार भएको पुष्टि भए आयोगले कारबाहीका लागि सिफारिस गर्नेछ ।

पुरा भिडियो तल हेर्नुहोस ।