images

पूर्व डिआईजी हेमन्त मल्लको खुलासा, चितवन हिरासतको त्यो रात ! (अन्तर्वाता)

यतिबेला प्रहरी नेतृत्व आलोचित बनिरहेको छ । चितवन हिरासतबाट रास्वपाका सभापति रवि लामिछानेलाई कास्की लैजाँदा आफन्तहरुलाई जानकारी नगराएको विषय गम्भीर रहेको भन्दै मानव अधिकार आयोगले जवाफ मागेपछि प्रहरी आलोचित बनेको हो । प्रहरी हेडक्वाटरले यो विषयमा केही धारणा सार्वजनिक गर्न सकेको छैन । गएको बुधबार राति चितवन प्रहरीको हिरासतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि भएको भनिएको मानव अधिकार हनन्को विषयको चौतर्फी चर्चा छ । बुधबार मात्रै रास्वपाले कास्कीमा मानव अधिकारको रक्षार्थ आन्दोलन गरेको छ । स्पेस फोरके टेलिभिजनको कार्यक्रम स्पेस सम्बादमा पत्रकार खेम बमसँगै बोल्दै पूर्व डिआईजी हेमन्त मल्लले लामिछानेको मानव अधिकार हनन नभएको बताएका छन् ।

हरेक हिरासतमा बसेका आरोपीहरुको अधिकारको रक्षा राज्य र प्रहरीले गर्नुपर्ने रास्वपाले अडान लिएको छ । सुरक्षाको चुनौति देखाउँदै मध्यरातमा हिरासतबाट आरोपीलाई स्थानान्तरण गर्दा कसैलाई पनि जानकारी नदिनु गम्भीर विषय रहेको मानव अधिकारवादीहरुको दाबी रहेको छ । राति सुतेको मानिसलाई झल्याङझुलुङ गर्दै दबाबमा पर्ने कार्य निन्दनीय रहेको उनीहरुको तर्क छ । यता, प्रहरीले भने लासमछानेको मानव अधिकार हनन् नभएको जिकिर गर्दै आएको छ । नेपाल प्रहरीका पूर्वडिआईजी हेमन्त मल्लले लामिछानेलाई राति कास्की लैजानु कुनै गल्ती नभएको जिकिर गरे । आफन्तलाई आवश्यकता अनुसार जानकारी गराउनुपर्ने भएपनि जानकारी दिँदा अर्को समस्या सिर्जना हुनसक्ने भएकोले प्रहरीले विवेक पुर्याएको हुनसक्ने उनको भनाइ छ ।

चितवन हिरासतको विषयले यतिबेला प्रहरी नेतृत्व आलोचित बनिरहेको छ । कुनैबेला राज्य, व्यवस्था तथा सुशासन समितिमा गएर रवि लामिछानेको सहकारी रकम अनियमिततामा कुनै संलग्नता देखिएन भन्ने यिनै आइजीपी बसन्तबहादुर कुँवरमाथि नागरिकले नैतिकताको प्रश्न उठाइरहेका छन् । विभिन्न समयमा हिरासतमा परेका आरोपीहरुमाथि प्रहरी दुव्र्यवहार भएको विषय पनि बाहिरिने गरेका छन् । यतिबेला उठेको विषयलाई किनारा लगाउन र कसको गल्ती हो निष्पक्ष छानबिन गरी कानूनी दायरामा ल्याउन आवश्यक छ ।

भिडियो तल हेर्नुहोस