images

नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुने समय ताेकिएकाे थियाे ।
लिग चरणमा नेदरल्यान्ड्स विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका हुन्।

अन्तिम खेलमा नेदरल्यान्ड्सलाई नै हराएर नेपालले फाइनलमा स्थान बनाएको थियो। आजको खेल निकै रोचक हुने देखिएको छ ।