images

काठमाडौं बेइजिङ उडान ३२ महिनापछि फेरि सुचारु

काठमाडौँ । ३२ महिनापछि काठमाडौं–बेइजिङ सिधा उडान फेरि सूचारु भएको छ । कोरोना महामारीका कारण २०७६ चैतदेखि काठमाडौं बेइजिङ उडान बन्द रोकिएको थियो ।

पुस २४ गतेदेखि चीनले आफ्नो देशमा लगाएको यात्रा प्रतिबन्ध फुकुवा गरेपछि अन्तराष्ट्रिय उडान सूचारु भएका हुन् । काठमाडौंबाट हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको छ ।

कोरोना महामारीका कारण नेपाल उडान बन्द गरेका ६ वटा चिनियाँ वायुसेवामध्ये यसअघि मंसिर १३ बाट चाइना साउदर्नले ग्वाङझाउबाट र पुस २४ देखि एयर चाइनाले चीनको छेन्दुबाट उडान सुरु गरेका थिए ।

अब हिमालय एयरलायन्सले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ । डाक्सिङ एअरपोर्ट चीनको सबैभन्दा ठूलो एअरपोर्ट हो ।

काठमाडौंबाट चीनको राजधानी बेइजिङका लागि सिधा उडान गर्ने हिमालय एयअर एक मात्र वायुसेवा हो । साढे ४ घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन हुने गरेको छ ।

हिमालयन एयरको विमान नेपाल र चीन जोड्ने ट्रान्स हिमालय रुट हुँदै उड्छ । ल्हासा हुँदै बेइजिङ पुग्ने यो रुट बंगलादेश हुँदै जाने घुमाउरो रुटको दाँजोमा करिब २ घण्टा छोटो पर्छ ।

नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा ८ वर्षअघि स्थापना भएको थियो ।