images

काठमाडौमा अवतरण गर्न नसकेर मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज कोलकोत्ता ल्याण्ड

काठमाडौं । मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको कोलकोत्तामा डाइर्भट भएको छ । खराब मौसमको कारण देखाउँदै चालक दलका सदस्यले काठमाडौंमा अवतरण नगरी नेपाल एयरलाइन्सको जहाज कोलकोत्तामा अवतरण गरेको हो ।

नेपाल एयरलाइन्सको जहाज काठमाडौंका आकाश केहीबेर उडे पनि अवतरण गर्न नसकेपछि कोलकोत्ता डाइर्भट भएको हो । मौसम सुधार नभएपछि काठमाडौंमा अवतरण हुन नसकेको नेपाल एयरलाइन्सका एक अधिकारीले भने ।

उनले भने,‘ भिजिविलिटी कम भएका कारण विमान कोलकोत्ता डाइर्भट भएको हो । प्राविधि कुनै समस्याले होइन। ’