ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

राष्ट्र बैंकमा जागिर पाउन भन्सुन लाग्दैन् : पूर्वगभर्नर नेपाल

राष्ट्र बैंकमा जागिर पाउन भन्सुन लाग्दैन् : पूर्वगभर्नर नेपाल

स्पेस संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन नलाग्ने दावी गरेका छन् ।

राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बंैकमा जागिर पाउन सक्ने बताए ।

उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्व आफूले नदेखेको पटकपटक दोहो¥याए । पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरुले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताए ।

पूर्वगभर्नर नेपालले नेपालमा नपढनेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झन धेरै अध्ययनको आवश्यक हुने तर्क समेत गरे ।