ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

आजबाट ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध

आजबाट ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध

स्पेस संवाददाता

काठमाडौं । काठमाडौ महानगरपालिकाले आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ ।

त्यसका लागि काठमाडौं महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५० जना नगर प्रहरीलाई माइक्रोन नाप्ने मसिनसहित अनुगमनमा खटाइने छ ।

महानगरपालिकाले यही श्रावण १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा, र मालामा प्रतिबन्ध लगाइसकेको छ । नेपालमा झण्डै २ सय वटा प्लास्टिक उद्योग रहेका छन् ।

यसअघि २०७२ साल बैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भुकम्पका कारण कार्यन्वयन हुन नसकेपछी सो नियम पुन ब्युँताएर फेरि कार्यन्वयनमा ल्याउन लागिएको हो ।