images

विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाको आजैको बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तुत गरेको ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’भन्ने प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज २६ गते शुक्रबार दिउँसो २ बजे बस्नेछ । रासस