images

किरा परेको पानीका जार बेच्ने पशुपति स्प्रिङलाई काठमाडौं महानगरद्वारा १ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति पानी उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।

बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै बिहीबार महानगरले रु एक लाख जरिवाना गराएको हो ।

महानगरका अनुगमन निरीक्षक डा अवधेश झाका अनुसार पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लामखुट्टेको लार्भा भेटिएकाले कारबाही गरिएको हो ।

महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ । ।

महानगरले केही समय अघि बालाजुमा रहेकोे त्रिवेणी पानी उद्योगलाई पनि १ लाख रुपैयाँ जरिवाना गरेको थियो । रासस