images
images

बार परीक्षाको मिति हेरफेर गर्न नेविसंघको माग

काठमाडौं। नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पस कमिटीले नेपाल कानून व्यवसायी परिषदले लिने बार परीक्षाको मिति पूर्नविचार गर्न माग गर्दै नेपाल कानुन व्यवसायी परिषद्लाई ज्ञापनपत्र बुझाएको छ।

पुर्व निर्धारित बार परिक्षाको सन्दर्भमा विद्यार्थीहरुलाइ परिक्षामा सामेल हुन फारम भर्ने अन्तिम मिति र परिक्षा हुने मिति समेतमा पूनः बिचार गरि विद्यार्थीहरुलाई सहज हुने गरि मिति तोक्न परिषदलाई ज्ञापन पत्र बुझाएको हो।

मङ्सिर ५ गते अन्तिम मिति भनिएको परीक्षा फारम आईतबार सम्मको सार्वजनिक बिदा, विश्वविद्धालय र क्याम्पस प्रशासनहरु बन्द रहेकोले विद्यार्थीले आफ्नो चारित्रीक प्रमाणपत्र र ट्रान्सकिप्ट समेत प्राप्त गर्न नसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

यसका साथै उक्त कागजातको सट्टामा क्याम्पसबाट प्राप्त हुने पत्र समेत सोही बिदाका कारण समयमा प्राप्त हुन नसकेको र अनलाइन फारम भर्ने नयाँ प्रक्रिया भएको हुँदा झन्झटिलो र प्राबिधिक रुपमा कठिनाइहरु आएका जस्ता कारणले अधिकतम विद्यार्थीहरु फारम भर्न बाट नै बन्चित हुने अवस्था सिर्जना भएको भएको जनाएको छ।

नयाँ पाठ्यक्रम, बिलम्ब प्राप्त नजिरहरु, भुकम्प, चाडपर्वको बिदा र फारम भर्ने प्रक्रिया ले समेत विद्यार्थीहरुले परीक्षा तयारी गर्न प्रयाप्त समय नपाएको र मानसिक रुपमा समेत तयार भई नसकेको हुँदा उक्त मितिमा तोकिएको परीक्षा न्युनतम १५ दिनपछि गर्ने गरी परीक्षा म्याद थप्न माग गरिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS