images

नर्सिङ परिषद्को लाईसेन्स परीक्षामा ८० प्रतिशत नर्सहरु अनुतिर्ण

काठमाडौं। नर्सिङ परिषद्को परीक्षामा ८० प्रतिशत नर्सहरु अनुतिर्ण भएका छन। परिषद्ले शनिबार लिएको ३४औं लाईसेन्स परीक्षामा ८० प्रतिशत नर्सहरु लाईसेन्स परिक्षामा फेल भएका हुन। नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।

त्यसैगरी शनिबार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३) प्रतिशत उत्तिर्ण भएका छन् ।