images

रुकुम र जाजरकोटका १३ स्थानीय तहमा पाठ्यपुस्तकको अभाव

काठमाडौं । गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटमा पाठ्यपुस्तक अभाव भएकाे छ। रुकुम र जाजरकोटका १३ स्थानीय तहमा पाठ्यपुस्तकको अभाव १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका हुन् ।

भुकम्पका कारण विद्यालयहरु नै भत्किएपछि त्रिपालमुनि पढाउन बाध्य विद्यालयहरूलाई १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तक आवश्यक पर्ने भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्क अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उक्त संख्यामा पाठ्यपुस्तक आवश्यक देखिएको हो । ती पुस्तक कार्तिक १७ गते गएको भूकम्पले पुरिएका हुन् ।

केन्द्रले उपलब्ध गराएको तथ्याङ्कअनुसार रूकुम पश्चिमको ६ र जाजरकोटको ७ स्थानीय तहमा पाठ्यपुस्तक पुग्न सकेको छैन । रूकुम पश्चिमको आठबिसकोट, सानीभेरी, त्रिवेणी, चौरजहारी र बाफीकोटको स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको हो । त्यसै गरी जाजरकोटको जुनिचाँदे, कुशे, नलगाड, छेडागाड, शिवालय, भेरी र बारेकोट स्थानीय तहमा पुस्तक पुग्न सकेको छैन ।