images

प्रधानमन्त्री प्रचण्डले भेटे विपीनका बुबा आमालाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुबा आमासँग भेट गरेका छन। प्रधानमन्त्री प्रचण्ड धनगढी आउने खबर पाएपछि विपीनका आमा बुबा आफ्नो छोराको रिहाइको पहलका लागि अनुरोध गर्न धनगढी पुगेका थिए।

प्रधानमन्त्री प्रचण्ड धनगढी विमानस्थल झर्ने वित्तिकै विपीनका आमा बुबाले भेटेका हुन। । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन्।

उनी विमानस्थलबाट धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानेछन्। उनको भादामा नै खाना खाने कार्यक्रम रहेको जनाइएको छ। त्यसपछि उनको धनगढी-१ मा सुदूरपश्चिम महोत्सव उद्घाटनको कार्यक्रम रहेको छ।