images

सरकार विरुद्ध नेविसंघको प्रदर्शन-छलफल गर, छल नगर

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यर्थी संघले सरकार विरुद्ध प्रर्दशन गरेको छ।

नेपाल विद्यार्थी संघ आर आर इकाई कमिटीको आयोजनाम भ्रष्टचार,एनसेलको सेयर खरिद विक्री प्रकरण देखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति लगायतका विषयमा खबरदारी गरेको हो।

विहिबार प्रदर्शनमार्गमा भएको प्रदर्शनमा उनीहरुले विश्वविद्यालयमा उपकुलपति,पदाधिकारी खोई? एनसेल छानविन प्रतिवेदन खोई? एनसेल सरकारको स्वामित्वमा आउन किन आलटाल लगायतका प्लेकार्ड सहित खबरदारी र्याी गरेको नेविसंघका नेता सुरज सेजुवालले स्पेस समाचारलाई जानकारी दिए।

सेजुवालले कांग्रेस नै सरकारमा रहेको अवस्थामा सुशासन नभएको भन्दै खबरदारी गरेको बताए। त्यसै गरि नेविसंघले बाघबजार स्थित पद्मकन्या क्याम्पस अघाडि समेत प्रदर्शन गरेको छ। प्रदर्शनमा विभिन्न मुकुन्डो लगाएर सरकार विरुद्ध खबरदारी गरेका छन्।

शिक्षामा भएको दलियकरण र विश्वविद्यालयमा भागबन्डाका कारण त्रिवि उपकुलपति र पदाधिकारी विहिन बनेको छ। त्यसै गरी एनसेलको सेयर खरिद प्रक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको सचिवालय नै मुछिएको आरोप लागिरहँदा सरकारले त्यसबारे छानविन समिति बनाएको भए पनि निचोडमा नपुगेको नेविसंघको आरोप रहेको छ।