images
images

हल्ट प्राइज नेपालद्वारा विश्वविद्यालयका विद्यार्थीहरू लक्षित विश्वव्यापी उच्च प्रतिस्पर्धा गर्दै

काठमाडौं । उद्यमशीलताको प्रवर्धन र विश्वव्यापी चुनौतीहरूको सामना गर्नका लागि प्रख्यात हल्ट प्राइजले आफ्नो उच्च प्रतिस्पर्धात्मक प्रतियोगिता सुरु भएको घोषणा गरेको छ । सन् २०२४ हल्ट प्राइजको मुख्य विषयवस्तु असिमित प्रभाव रहेको छ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुकले सामाजिक उद्यमको लागि कुनै पनि विचार प्रस्तुत गर्न सक्ने तर ति विचारले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने र संयुक्त राष्ट्र संघको कम्तिमा एउटा दिगो विकास लक्ष्यसँग आधारित रहेको हुनुपर्ने जनाएको छ । हल्ट प्राइज नेपालले विश्वविद्यालयका विद्यार्थीहरुलाई लक्षित गर्दै ग्लोबल इम्प्याक्टका लागि आव्हान गरेको कानुनका विद्यार्थी समिर रिजालले स्पेस समाचारलाई जानकारी दिए ।

कार्यक्रमलाई सुचारु ढंगले सम्पन्न गर्नका लागि १६ जना उच्च क्षमतावान सदस्य रहेको एक समर्पित मुख्य समिति छनोट गरिएको छ । उक्त समितिको समूहलाई हल्ट प्राइज नेपालको सामाजिक सञ्जालमा आधिकारिक रूपमा परिचय गराइएको छ।

सुवि काफ्ले, यस वर्ष कन्ट्री कोर्डिनेटरका रूपमा नेतृत्व गर्दै छिन्। उनको नेतृत्वमा बाँकी कन्ट्री लिडर हरू ६ विभागमा विभाजित छन्। त्यसैगरी डेपुटी कन्ट्री कोर्डिनेटरको जिम्मेवारीमा सन्दीप यादव र किशोर पनेरु रहेका छन् । सुप्रिया थापाको नेतृत्वमा रहेको जनसम्पर्क टोलीमा जनसम्पर्क संयोजकको रुपमा महिमा खतिवडा र रागिनी वैद्य रहेका छन् भने इप्सा गिरीलाई मार्केटिङ व्यवस्थापनको जिम्मा दिइ्एको छ ।

स्वयम चौधरी र मधुश्री श्रेष्ठ ग्राफिक डिजाइनर, त्यसैगरी प्रकाश काफ्ले र सुप्रिया श्रेष्ठ कार्यक्रम संयोजक, सचिन घिमिरे र रिजेश लाल सिंहलाई स्टार्टअप विभागको नेतृत्व र सरिना बुढाथोकी विशेषज्ञ सहयोगीको रूपमा काम गर्दै छन् । यसैगरि दामोदर भुसाल र स्वप्निल विष्टले स्थानीय संलग्नतालाई बढावा दिँदै अन क्याम्पस समन्वयको नेतृत्व लिएका छन्। यस उत्साही र योग्य टोलीसँगै, हल्ट प्राइज नेपाल यस वर्ष फेरी प्रभावकारी पहल सहित सफलताको थप एक वर्षको लागि तयार रहेको छ।

परिवर्तनकारी यात्रामा हल्ट प्राइज नेपालले नेपालभरका विश्वविद्यालय र विद्यार्थीहरूलाई आफ्ना नवीन विचारहरू मार्फत राम्रो भविष्यको आकार दिन हल्ट प्राइज नेपालसँग सामेल हुन हार्दिक निमन्त्रणा गरेको छ।

हल्ट प्राईज विश्वविद्यालयका विद्यार्थीहरूका लागि वार्षिक प्रतियोगिता हो जहाँ विद्यार्थीहरूले खाद्य सुरक्षा, खानेपानी सहज पहुँच, ऊर्जा र शिक्षा जस्ता महत्त्वपूर्ण सामाजिक र विश्वव्यापी विषय संबद्ध समस्याहरूको समाधान प्रस्तुत गर्छन्।

प्रतियोगितालाई बर्टिल हल्टको सम्मानमा नाम दिइएको छ, र प्रायः विद्यार्थीहरूको लागि नोबेल पुरस्कार भनेर पनि चिनिन्छ। वार्षिक रूपमा सेप्टेम्बरमा, चुनौतीको विषयवस्तु र विजेता पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनद्वारा छनोट गरिन्छ जहाँ विजेता स्टार्टअपले सामाजिक उद्यम सुरु गर्न र विश्वव्यापी समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्न १ मिलियन डलर बीज पूँजी प्राप्त गर्ने गरेका छन।

​​यस अघि नोभेम्बर ७ मा आयोजित क्याम्पस डिरेक्टर अभिमुखीकरण कार्यक्रममा सबै क्याम्पस डिरेक्टरहरूलाई एक उद्देश्यपूर्ण भेलामा सहभागी गराईएको कानुन संकायका विद्यार्थी समिर रिजालले स्पेस समाचारलाई जानकारी दिए । डिसेम्बर ७ मा सीईओ, अतिथि वक्ता सुरजराज पाण्डेले समूह नेतृत्वका विषयमा प्रशिक्षण गरेका थिए । यी कार्यक्रमहरूमा २०० भन्दा बढी सहभागीहरूले भाग लिएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS