images

अनेरास्ववियुद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग

काठमाडौं। ललितुपरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जना युवाको ज्यान गएसँगै र्चातर्फी विरोध भएको छ । सोही घटनालाई लिएर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायाणकाजी श्रेष्ठको राजीनामाको माग गरेका छन् ।

शुक्रबार साँझ अनेरास्ववियुले काठमाडौंका विभिन्न स्थानमा सरकारको कार्यशैलीको विरोध गरेको हो । उनीहरुले ज्यानमारा सरकार मुर्दावाद,युवाको स्वदेशमै भविष्य सुरक्षित गर,मान्छे मार्न पाइदैन लगायतका प्लेकार्ड सहित विरोधमा उत्रेका थिए।

साथै उनीहरुले सरकारी गाडीलाई निसानामा राख्दै थतोडफोडको प्रयास समेत गरेका छन । अनेरास्ववियुले विना शर्त पक्राउ परेका युवाहरुलाई तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरुको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेहरुको उपचारको व्यवस्था गर्न माग गरेकाे छ ।

साथै गम्भिर परिस्थितीलाई प्रहरी दमनबाट होइन आन्दोलनरत युवाहरुको पिर मर्का बुझी वार्ता र संवाद मार्फत समाधान गर्न अनेरास्ववियु सरकार समक्ष जोडदार माग गरेकाे छ ।