images

सरसफाई लगायतका जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्य परिक्षण

काठमाडौं– सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा शुक्रबार २३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन ।

काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागले आयोजना गरेको शिविरमा ३ सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको थियो । विहान ८ बजेबाट सुरु भएको शिविर ३ बजेसम्म चलेको थियो ।

शिविरमा आधारभूत स्वास्थ्य परीक्षणसँगै नाक, कान, घाँटी र आँखाको परीक्षण भएको थियो । परीक्षणपछि आवश्यक पर्ने औषधि निःशुल्क प्रदान गरिएको थियो ।
जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार जाँचबाट जटिल खालको समस्या भने भेटिएन । आँखा सम्बन्धी रिपार्ट प्राप्त हुन बाँकी छ ।