images

अस्पतालमा तोडफोडमा संलग्न भएको आरोपमा ७ जना पक्राउ

काठमाडौं । मणिपाल अस्पताल तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् ।

उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।