images

उपनिर्वाचनका लागि राप्रपाले टुङ्ग्यायो तीनै क्षेत्रमा उम्मेदवार

काठमाडौं । वैशाख १० मा चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार टुंगो लगाएको छ । आज बसेको राप्रपाको संसदीय समितिले उम्मेदवार टुंगो लगाएको हो ।

राप्रपाले तनहुँ-१ मा शोमा गुरुङ, चितवन-२ मा जीवलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारि दिए ।

नागरिकता प्रकरणमा रास्वपाका रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो । त्यस्तै रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ-१ र रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो ।