
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको छ । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट गरेका छैनन् ।
प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।