
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा दार्चुलामा १० जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ५ सय ६८ रूपैयाँ र १० थान तासका गड्डीसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउपर्नेमा महाकाली नगरपालिका-४ बांगाबगर बस्ने ५० वर्षीय गणेश सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।