images

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज

काठमाडौंं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो ।

लामिछानेविरुद्धको मुद्दालाई तेस्रो प्राथमिकतामा राखिएको छ ।

यसअघि बुधबारका लागि केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भए पनि दिनको अन्तिम समयमा सुनुवाइ सुरु हुन लाग्दा समय अभाव हुने भन्दै जाहेरीपक्षका कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए ।

तेस्रो स्थानमा राखिएको हुनाले मुद्दाको सुनुवाइ हुनसक्ने आजनै हुनसक्ने सम्भावना रहेको छ ।