
काठमाडौं । हेली एभरेस्टको हेलिकप्टर धौलागिरि बेसक्याम्प नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त विमानमा एक जना पाइलट मात्र रहेको र उनी जिवितै रहेका छन् ।
धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।