images

एनसेलले ठगी गरेको भन्दै अनेरास्ववियूद्वारा खबरदारी

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेलले ठगि गरेको भन्दै खबरदारी गरेको छ। मंगलबार विहान दूरसञ्चार सेवाप्रदायक एनसेलको लैनचौरस्थित कार्यालय अगाडि विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।

अनेरास्ववियुले नीतिगत भ्रष्टाचार गर्न पाईदैन,राज्यको कर छल्न पाइदैन,एनसेललाई राष्ट्रियकरण गर,एनसेलको आयव्यय सार्वजनिक गर,विवादास्पद एनसेल शेयर विक्रीको छानविन गर लगायतका विषयमा प्लेकार्ड सहित नाराबाजी गरेका छन्।

अनेरास्वीयुले राखेका मागहरु पूरा नगर्दासम्म एनसेल सिमकार्ड बहिस्कार लगायतका अन्य अान्दाेलन गर्ने अनेरास्वीयुका नेता आर विक्रम ओखेडाले स्पेस फोरके समाचारलाई जानकारी दिए।