images

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।

केहीबेरअघि माओवादीको केन्द्रीय कार्यायल पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

बैठकमा यसअघि बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डामाथि छलफल हुने छ । त्यस्तै बैठकमा राष्ट्रपति निर्वाचन, गृह मन्त्रालय भागबण्डा लगायतको विषयमा छलफल समेत हुने बताइएको छ ।

यसअघि बिहीबार र शुक्रबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो ।