images

सङ्घीय सरकार बलियो र सुदृढ बनाउनुपर्छः वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले बलियो र सुदृढ सङ्घीय सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ सङ्घीय सरकारको पक्षमा रहेको बताए ।

उपसभापति वाग्लेले मुलुक सङ्घीयताको अभ्यासमा गएको भए पनि अझै पनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकार बिच अन्यौलता सिर्जना भइरहेको औँल्याए ।

उनले समावेशी र समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरूप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरू रहेको पनि बताएका छन् ।