images
images

बालेनले गरे शिक्षा विभाग प्रमुख कोइरालालाई निलम्बन

काठमाडौ– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई निलम्बित गरेका छन्। मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन ।

विभाग प्रमुख कोइरालाले मध्यवानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए। महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आँफैले गरेपछि मेयर बालेन्द्र साहले स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

शिक्षा समितिको बैठक मेयरको संयोजकत्वमा बस्ने गर्छ तर रत्न राज्यलक्ष्मी माविसम्बन्धी निर्णय समितिको बैठकमा नलगी कोइरालाआफैंले गरेको बताइएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS