images
images

शिक्षामन्त्रीलाई नेविसंघकाे ज्ञापनपत्र-विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न होस्

काठमाडौं। नेपाल विद्यार्थी संघले शिक्षामन्त्री अशोक कुमार राईलाई भेटेर विश्वविद्यालय पदाधिकारीहरु खुला प्रतिस्पर्धाबाट गर्न माग गरेको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईसँग विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गर्न माग गरेको हो ।

उपकुलपति नियुक्ति गर्दा राजनीतिक भागबन्डा नगर्न ध्यानाकर्षण गराएको नेविसंघ केन्द्रीय सदस्य जस बहादुर शाहीले स्पेस समाचारलाई जानकारी दिए । नेविसंघले १३ बुँदे ज्ञापनपत्र बुझाउँदै समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयमा भइरहेको राजनीतिकरण अन्त्यको माग समेत गरेको छ ।

“विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट मेरिटोक्रेसी, प्राज्ञिक क्षमता, दक्षताका आधारमा पदाधिकारी नियुक्ति र समग्र शिक्षा क्षेत्रको सुधारलगायतका माग राखेर हामीले मन्त्रालय पुगेर मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हौँ,” नेता शाहीले भने ।

विश्वविद्यालयहरूमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न समेत नेविसंघले माग गरेको छ ।
हेर्नुहोस् नेविसघकाे मागपत्र

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS