images

रवि लामिछाने दोस्रो तारिख बुझ्न पोखरा पुगे, भोलि रुपन्देही जाने

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की पुगेका छन् । आज दोस्रो तारिखका लागि उनी जिल्ला अदालतका कास्की पुगेका हुन् ।

८४ दिन हिरासतमा बसेपछि बाहिरिएका लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । कास्कीबाट उनी सिधै रुपन्देही जानेछन् । भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नेछन् ।

उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका थिए । काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए। पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन।