images
images

रवि पक्राउको विरोधमा माइतीघरमा रास्वपाको आन्दोलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेको छ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो।

लामिछाने पक्राउलाई उनीहरुले ‘दुई तिहाइको दम्भ’ भन्दै सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर!, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन!’ जस्ता प्लेकार्ड बोकेका उनीहरुले ‘८८ अर्ब फिर्ता गर’ भन्दै सहकारी पीडितको पक्षमा पनि नाराबाजी गरेका छन्।

सहकारी ठगीको आरोपमा लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।

कास्कीको मात्रै आन्दोलनले खासै उपलब्धि नहुने र त्यहाँ सहकारी पीडितबाटै घेरिन थालेपछि रास्वपाका नेता कार्यकर्ता केन्द्रबाटै दबाब दिन भन्दै काठमाडौं केन्द्रित हुन थालेका हुन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS