images

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् – इम्बोस्ड नम्बर नेपालीमा लेख्छौं, बढीमा एक साता भित्र सवारी लाइसेन्स दिन्छौं

काठमाडौं । सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढाएको छ ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् ।

सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा सो कामलाई सुरु गरिएको पनि स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टिकरण दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले बढीमा सात दिनभित्र सवारी लाइसेन्स दिनेगरी तयारी भइरहेको समेत जानकारी दिए ।