images

सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद विस्तारका वारेमा छलफल हुनेछ ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।