![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/03/pm_office1679326956.jpg?fit=832%2C450)
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउने निर्णय गरेको छ ।
बैठकले यसका लागि मुलुकी अपराध संहिता २०७४ को संशोधन प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ ।
मिटर ब्याजपीडितहरूका माग सम्बोधन हुने गरी कानूनमा दण्ड सजायको व्यवस्था गर्ने मन्त्रिपरिषद श्रोतले बताएको छ ।
श्रोतका अनुसार मिटर ब्याजको समस्या अत्यधिक आएको र यसका पीडित राजधानीमै आएर आन्दोलनरत रहेकाले यसलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहिता संशोधन गरी राख्ने प्रक्रिया थाल्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।