images

सरकारमा ९ दल सहभागी हुने, भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा टुंग्याएका छन् । बुधबार बसेको बैठकले बिहीबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।

बैठकले कुन दललाई कति मन्त्रालय भन्ने समझदारी जुटाएको जनता समाजवादी पार्टी  (जसपा)का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैठकबारे जानकारी दिँदै जसपा नेता श्रेष्ठले मन्त्रिपरिषद विस्तारबारे सैद्धान्तिक सहमति जुटेको र बिहीबार बेलुकासम्म नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने जानकारी दिए । उनले भोलि सबै पार्टीले मन्त्रीका लागि नामहरू प्रधानमन्त्रीलाई बुझाउने बताए ।