![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/04/Bhim.2021-11-30-10-11-21.jpeg?fit=800%2C538)
काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली बनाएको छ ।
शनिबार बसेको सचिवालय बैठकले ३ सदस्यीय वार्ता टोली बनाएर छलफलपछि आवश्यक निर्णय लिन जिम्मेवारी दिएको छ ।
वार्ता टोलीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापालाई दिइएको छ ।