images
images

आजबाट ट्रायलमा ७० अंक ल्याए पास

काठमाडौं । वागमती प्रदेश सरकारले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गरेको छ ।

मंगलवारबाट वागमती प्रदेशका विभिन्न स्थानहरुमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू भएको हो ।

मंगलवार बिहान गुर्जुधारास्थित ट्रायल सेन्टरमा पुग्नुभएका वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले विगतमा रहेको लाइसेन्स ट्रायलमा शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरेर अब ७० अंक ल्याए पास हुने व्यवस्था आजबाट लागू भएको बताए ।

त्यस्तै गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसोर्स सेन्टर प्रा.लि.का सञ्चालक रामनारायण घिमिरेले बाइक र स्कुटरको लागि लुकिङ ग्लास मिलाएको, हेलमेट भाइजर, फिता बाँधेको १० नम्बर छुट्याइएको बताए ।

त्यस्तै एक जना सेवाग्राहीले सानो त्रुटीले फेल भइरहेको बेलामा यस्तो व्यवस्थाले आत्मविश्वास बढाएको बताउनु भयो ।

ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भएपनि मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS