images

काठमाडौं आइपुगे भारतीय सेनाका चार पूर्व प्रमुख

काठमाडौं । भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् ।

नेपाली सेनाको २६०औं स्थापना दिवस कार्यक्रममा भाग लिन विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग बिहीबार काठमाडौं आइपुगेका हुन् ।

नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो ।

सैनिक मुख्यालयमा भारतीय पूर्वसेना प्रमुखहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ ।