images
images

शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु

काठमाडौं । कञ्चनपुरमा सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा गए राति हात्तीको मृत्यु भएको हो । वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयले बनाएको शौचालयको सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर मेहेताले जानकारी दिए ।

उनले राति १२ बजे पछिको घटना भएको बताए । ‘पहिलो पनि त्यो क्षेत्रमा हात्तीहरू ओहोरदोहोर गरिरहेका हुन्थे तर, शौचालयको सेप्टी ट्याङ्की भन्दा परैबाट उनीहरू हिँडिरहेका हुन्थे’ उनले भने ‘तर, हिजो राति कसरी त्यहाँ सम्म आयो बुझिरहेका छौँ ।’

सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेपछि हात्तीको मृत्यु भएको हुन सक्ने उनले बताए । 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS