images
images

पूर्वराष्ट्रपति भण्डारीले भनिन्ः सक्रिय राजनीतिमा आउन सक्छु

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले सक्रिय राजनीतिमा आउन सकिने बताएकी छन्।

विराटनगर पुगेकी भण्डारीले पत्रकारसँगको कुराकानीमा राजनीतिबाट टाढिने अवस्था नभएको बताएकी हुन्। भण्डारीले भनिन्, ‘भोलिका दिनमा राष्ट्रको आवश्यकताले खोजी भए सक्रिय राजनीतिमा आउन सकिन्छ । तर, अहिले कुनै दलमा आवद्ध हुने निर्णयमा भने पुगिसकेको छैन।’

पूर्व राष्ट्रपति तथा उपराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने बहस चलिरहेका बेला भण्डारीले सक्रिय राजनीतिबाट टाढा जान नसकिने अभिव्यक्ति अर्थपूर्ण छ।

उनले आफू राष्ट्रपति हुँदा पनि सक्रिय राजनीतिमै रहेको उल्लेख गरिन्। उनले भनिन, ‘राष्ट्रपति पद गैरराजनीतिक होइन । म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु। राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाउँदै आएकिछु ।’

नेकपा एमालेको आउँदो अध्यक्षको लागि तपाईको सक्रियता बढेको भन्ने प्रश्नमा उनले दलीय राजनीतिमा लागेर जिम्मेवारी लिने वा नलिने विषयमा अहिले प्रवेश गरिनसकेको बताइन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS