images

संघमा बागमती र स्थानीय तहमा मधेस प्रदेशमा सबैभन्दा धेरै भ्रष्टाचार : अख्तियार

काठमाडौँ । भ्रष्टाचारको सवालमा संघीय निकायको बागमती प्रदेश र स्थानीय तहमध्ये मधेस प्रदेशमा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीका आधारमा यो तथ्य फेला परेको हो । आयोगले राष्ट्रपति कार्यालयमा बुझाएको प्रतिवेदनमा यो फेहरिस्त देखाएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा संघीय निकायसँग सम्बन्धित ९ हजार १ सय २१ वटा उजुरी आयोगमा परेका थिए ।

जसअनुसार बागमती प्रदेशमा मात्रै ४ हजार ४ सय ८१ वटा उजुरी परेका छन् । बागमती प्रदेशपछि मधेश प्रदेशमा संघीय निकायसँग सम्बन्धित एक हजार पाँच सय ६८, लुम्बिनी प्रदेशबाट ९ सय २९, कोशी प्रदेशबाट ८ सय ३०, गण्डकी प्रदेशबाट ५ सय ९७, कर्णाली प्रदेशबाट ३ सय ४३ र सुदूरपश्चिम प्रदेशबाट ३ सय ७३ वटा उजुरी आयोगमा परेका छन् ।

स्थानीय तहमा भ्रष्टाचार बढेको सम्बन्धमा आयोगमा परेको उजुरी अनुसार देशभरका ७५३ स्थानीय तहबाट १३ हजार एक सय ४२ वटा उजुरी परेका थिए । जसमध्ये मधेश प्रदेशबाट मात्रै तीन हजार सात सय ३८ वटा उजुरी आयोगमा दर्ता भएका थिए ।