images

मधेश प्रदेशमा अर्थसहित चार मन्त्रालय लिएर काँग्रेस सरकारमा सहभागी हुँदै

जनकपुरधाम– जनमतका मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार वटा मन्त्रालय दिन तयार भएपछि नेपाली काँग्रेस मधेश प्रदेश सरकारमा जाने भएको छ ।

सङ्घमा गठबन्धन फेरबदलसँगै धरापमा परेको मधेश सरकार जोगाउन जनमत नेपाली काँग्रेसलाई अर्थ मन्त्रालयसहित चार र एमालेलाई भौतिक पूर्वाधारसहित चार मन्त्रालय दिने सहमत भएको हो ।

अर्थसहितका चार मन्त्रालय पाएसँगै बिहीबारै अपराह्न ५ बजे नेपाली काँग्रेसका चार जना मन्त्रीले शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ

काँग्रेसबाट रौतहटका सुनिल यादव अर्थ मन्त्री हुँदै छन् भने पर्साका जनार्दन क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै, धनुषाका शेषनारायण यादवले ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री र सर्लाहीका कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।