images

गण्डकीका मन्त्री फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक

काठमाडौं– गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाएको छ । देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । उनलाई मर्यादा पालकले बाहिरै रोकेका छन् ।

ह्विप उल्लङ्घन गरेको नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएसँगै माओवादी केन्द्रले देवकोटालाई सांसद पदबाट हटाएको थियो । उक्त विषयमा देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।

तर सर्वोच्चको आदेशलाई नै चुनौती दिँदै मर्यादा पालकले नै प्रदेश सभामा रोक लगाएपछि देवकोटाले त्यस प्रति आपत्ति जनाएका छन् ।