images

नेपाली सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोले दिएको जानकारी अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ ।

खनालले सेनाको विषयमा के अभिव्यक्ति दिएका थिए भन्ने विषय चाहिँ खुलाइएको छैन ।

खनाल युट्यूवरसँग चर्का चर्का कुरा गरेर भाइरल भएका व्यक्ति हुन् ।