images

जाजरकोट भूकम्प : अहिलेसम्म मृतकको संख्या १३८ पुग्यो, अझै केही बढ्न सक्ने

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा ज्यान गुमाउने १३८ जनाको सनाखत भएको छ ।

शनिबार अपरान्हसम्म भूकम्पमा परेकाहरूको उद्धारकार्य करिब सकिएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भूकम्पमा परेका मानिसहरूको उद्धारकार्य अपराह्नसम्म करिब सकिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेको संख्या दुबै जिल्लामा गरी १३८ पुगेको हो ।

जाजरकोटमा मात्रै १०० जनाको मृत्यु भएको र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

दुईचार घरमा उद्धार कार्य बाँकी रहेको र केही गम्भीर घाइते रहेकाले मृतकको संख्या केही बढ्न सक्ने अनुमान गरिएको छ ।