images

एमाले मधेश प्रदेशबाट विजेता झा र उसादेवी थरुनीले गराए उम्मेद्वारी दर्ता

जनकपुरधाम-नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यका लागि अन्य तर्फ बिजेता झा र महिला तर्फ उशादेवी थरुनीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

सोमबार जनकपुरधाम स्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमा पुगेर दुबै जनाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

यस अघि अन्य तर्फ अर्जुन सिंहलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाएको भए पनि उनको नाम मतदाता नामावलीमा नाम नभएपछि निर्वाचन कार्यालयबाट फर्केका थिए ।

नेकपा एमालेले बिना गठबन्धन १९ वटै सिटका लागि उम्मेद्वारी दर्ता गराएको छ भने सत्तारुढ दलले भागबन्डाका आधारमा साझा उम्मेद्वार बनाएका छन् ।