images

मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी

काठमाडौं–ज्यान मार्ने धम्की दिएको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउद विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता भएको छ । सापटी रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन्।

बझाङको बुँगल नगरपालिका वडा नम्बर १ का धन बहादुर बोहराले मन्त्रीविरुद्ध उजुरी दिएका हुन्। मन्त्री साउदले विभिन्न मितिमा आफूलाई साह्रै समस्या छ भनी ऋण सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ।

बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी हालेका हुन् । उनको उजुरी माघ १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको छ ।