images

कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं–सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई सुविधा दिनेगरी कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता गरेका हुन् । उनीहरुले अध्यादेश संविधान विपरित जारी भएको भन्दै खारेजीको माग गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाका पदाधिकारीहरुलाई गाडीसहितका सुविधा दिने गरी गत माघ ६ गते अध्यादेश जारी गरेका थिए ।