
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बझाङ प्रदेश सभा(१)मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्ड बैठकले बझाङ प्रदेश सभा(१)मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको हो ।
अभिषेक कांग्रेस बझाङ प्रदेश सभा (१) बाट निर्वाचित दिवङ्गत नेता पृथ्वी बहादुर सिंहका छोरा हुन् । यसअघि बुधवार बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गरेका थिए ।
संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।