images
images
images

लुम्बिनीमा महराद्वारा बहुमत सांसदकाे हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस

काठमाडौं–लुम्बिनी प्रदेशमा सत्तारूढ दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेस गरेका छन् ।

महरालाई समर्थन गर्दै एक स्वतन्त्रसहित ४४ जना सांसदले हस्ताक्षर गरेका छन् । दाबी पेस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको छ ।बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएका थिए ।

लुम्बिनीमा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो ।

नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने गरी कांग्रेस गठबन्धन छाडेका संसदीय दलका नेता धर्मबहादुर चौधरीले भने आन्तरिक विवादका कारण हस्ताक्षर नभएको जनाइएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS