images

नागरिक उन्मुक्ति पार्टीकी सांसद गिरी पदमुक्त

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छिन् ।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीम भण्डारीले नाउपाबाट समानुपातिक कोटामा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचित भएकी इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि सोमबार सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको र स्पष्टीकरण माग्दा नदिएकाले गिरीलाई कारबाही गरिएको थियो । २१ फागुनमा सत्ता गठबन्धन फेरबदलसँगै पतिसमेत रहेका पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच तीव्र मतभेद अझै जारी छ ।

कांग्रेससँग सहकार्य गर्ने पक्षमा रहेका रेशमले अध्यक्ष रञ्जिताको निर्देशन विपरीत सुदूरपश्चिम सरकारमा ५ जना सांसदलाई मन्त्री बनाएर पठाएका थिए । रञ्जिता भने नयाँ सत्ता गठबन्धनमा सहभागी हुनुपर्ने पक्षमा छिन् । रञ्जिताको निर्देशन विपरीत सरकारमा रहेका अन्य ४ मन्त्रीलाई भने कारबाही गरिएको छैन ।